परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः पूर्वअर्थमन्त्री महत

बैशाख १०, २०८२ बुधबार
परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः पूर्वअर्थमन्त्री महत

नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाउनुपर्ने बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न स्रोतबाट प्रश्तावित तथा माग भएका आयोजनाहरूमध्ये प्राथमिकतामा नभएकाहरूलाई घटाउनुपर्ने बताउनु भयो । उहाँले उत्पादन र गतिशीलतामा मद्दत नगर्ने आयोजनाहरूलाई प्राथमिकतामा नराख्न सरकारलाई सुझाव दिनुभयो । उहाँले सडक आयोजनाहरुमा प्रतिफल नदिने आयोजनाहरु प्रश्तावित हुने गरेको भन्दै त्यसलाई घटाउनुपर्नेमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images