वैशाख ११ गतेको ‘युवा उत्सव’मा एमालेका एक लाख युवाको सहभागिता रहने

बैशाख १०, २०८२ बुधबार
वैशाख ११ गतेको ‘युवा उत्सव’मा एमालेका एक लाख युवाको सहभागिता रहने

नेकपा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेवेले लोकतन्त्र प्राप्तिको दिन वैशाख ११ गते नेकपा एमालेले आयोजना गर्न लागेको युवा उत्सवमा एक लाख युवा सहभागी हुने बताउनुभएको छ  । कार्यक्रमका बारेमा जानकारी दिन युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले इतिहासको धरातलमा उभिएर युवाले लोकतन्त्रको उत्सव मनाउन लागेको बताउनु भयो । उहाँले नेपालमा ४२ प्रतिशतभन्दा बढी युवा जनसंख्या भएको बताउनु भयो । घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images