टर्की प्रहरीद्वारा ८ सय किलोग्रामभन्दा बढी मेथ बरामद

बैशाख ११, २०८२ बिहीबार
टर्की प्रहरीद्वारा ८ सय किलोग्रामभन्दा बढी मेथ बरामद

टर्की प्रहरीले इस्तानबुलमा एक ठूलो कारबाहीको क्रममा ८०१.५ किलोग्राम मेथाम्फेटामाइन बरामद गरेको छ । साथै दुई संदिग्धहरूलाई पक्राउ गरेको छ । गृहमन्त्री अली येर्लिकायाले यो कारबाही शहरको युरोपेली भागमा रहेको अर्नाभुटकोय जिल्लामा गरिएको बताउनु भयो । छापा मार्ने क्रममा प्रहरीले २९ छुट्टाछुट्टै कन्टेनरहरूमा भण्डारण गरिएको ७७३ किलोग्राम तरल मेथाम्फेटामाइन र २८.५ किलोग्राम क्रिस्टल मेथाम्फेटामाइन जफत गरेको बताउनु भयो । गाडी भित्र धेरै डिब्बाहरूमा लुकाइएको मेथाम्फेटामाइन फेला परेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images