सरकारले तोकेको न्युनतम पारिश्रमीक नदिएको भन्दै चिकित्सकहरुले प्रदर्शन गरेका छन् । बिहीवार काठमाडौंको माईतीघर मण्डलामा चिकित्सकहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले तोकेअनुसार न्युनतम पारिश्रमीक नदिएर श्रम शोषण गरेको आरोप लगाएका छन् । बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरुलाई माईतीघरमै प्रहरीले रोकोको थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरुलाई वार्तामा बोलाएर छलफल गर्नुभएको छ ।