काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले देशलाई समृद्धिको बाटोमा अघि बढाउने युवा शक्तिले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यतिबेला असल र सक्षम युवा देशका लागि आवश्यक भएको बताउनु भयो । उहाँले देश निर्माणका लागि राजनीतिमै लाग्नुपर्छ भन्ने सोच त्यागेर युवा पुस्ताले जुन पेशा वा व्यवासायमा छ त्यसैमा राम्रो काम गरेर योगदान दिनुपर्ने बताउनु भयो । उहाँले सबै युवामा केही न केही सोच र क्षमता भएको भन्दै इमान्दार र जिम्मेवार भएर क्षमता प्रदर्शन गर्नपर्नेमा जोड दिनुभयो ।