चीनले बिहीवार शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण गरेको छ । जसले तीन अन्तरिक्ष यात्रीहरूलाई ६ महिनाको मिसनको लागि आफ्नो कक्षीय अन्तरिक्ष स्टेशनमा राख्नेछ । लङ मार्च–२ एफ क्यारियर रकेटमाथि रहेको अन्तरिक्षयान उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण् पूर्ण रुपमा सफल भएको बताइएको छ ।