आज २०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । त्यसकै सम्झनामा आज काठमाडौं उपत्यकासहित देशभर नै स्मरण गरिँदैछ । साथै विभिन्न सचेतनाभमुलक कार्यक्रमको आयोजना गरिएको छ ।