पर्यटनमन्त्री पाण्डेको प्रश्तावः काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ

बैशाख १२, २०८२ शुक्रबार
पर्यटनमन्त्री पाण्डेको प्रश्तावः काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाउन प्रश्ताव गर्नुभएको छ । शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंभित्र धेरै सम्पदाहरु रहेको उल्लेख गर्दै स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरुका लागि छुट्टै पदमार्गको विकास गर्न जरुरी देखिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images