राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरुको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले सत्तामा गएकाहरुले अप्ठ्यारो परेको बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाति खतरा बढेको बताउनु भयो । उहाँले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान सबै दलहरु मिलेर गर्नुपर्ने समेत बताउनु भयो । उहाँले सत्तामा बसेकाहरु नै भ्रष्टाचारमा लिप्त र व्यवस्थाविरोधी काम गरिरहे जनतालाई सम्झाउन नसकिने उहाँको भनाइ छ ।