राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठित समितिका संयोजक नवराज सुवेदीले नेपालमा राजसंस्थाको पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । तीनकुने घटनाका बारेमा सत्यतथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आपयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको छ । उहाँले राजसंस्था पुनस्र्थापना हुनुपर्ने, नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायतका माग रहेको बताउनु भयो । उहाँले आफूहरुले शान्तिपूर्ण आन्दोलनका मार्फत् आफ्ना कुरा राख्न चाहेको बताउनु भयो । उहाँले शान्तिपूर्ण विरोधका कार्यक्रममा कसैले आक्रमण गर्छ भने आफूहरु प्रतिकार गर्न तयार रहेको बताउनु भयो ।