महिला कबड्डीको पाँचौं खेलमा नेपालको हार (तस्बिरहरु)

बैशाख १२, २०८२ शुक्रबार
महिला कबड्डीको पाँचौं खेलमा नेपालको हार (तस्बिरहरु)

नेपालले बंगलादेशसँगको महिला कबड्डी शृंखलाको पाँचौं खेलमा हार व्यहोरेको छ । सातदोबाटोस्थित तेक्वान्दो प्रशिक्षण हलमा शुक्रबार पाँचौं खेलमा नेपाल पाहुना टोली बंगलादेशसँग २८–२३ अंकले पराजित भएको हो । यससँगै नेपालले श्रृंखला ३–२ को नतिजामा नै चिक्त बुझाएको छ । बिहीवार चौथो खेलमा जित निकाल्दै नेपालले पाँचौं खेलअगाडि नै शृंखला आफ्नो पक्षमा पारेको थियो । त्यसैले शुक्रबार पाँचौं खेलमा जित निकाल्दै दुवै टोली श्रृंखलाको सुखद अन्त्य गर्न चाहन्थे । तर पाँचौं खेलमा नेपालले अग्रता जोगाउन नसक्दा हार व्यहोर्नुप¥यो । पहिलो हाफमा १४–७ को अग्रता जोगाउन नसक्दा नेपालले हार सामना गर्नुपरेको हो । बंगलादेश पहिलो हाफमा एकपल्ट अलआउट भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images