जोर्डनका विदेशमन्त्रीद्वारा गाजामा तत्काल युद्धविरामको जोड

बैशाख १३, २०८२ शनिबार
जोर्डनका विदेशमन्त्रीद्वारा गाजामा तत्काल युद्धविरामको जोड

जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजामा भइरहेको आक्रमण रोक्न, तत्काल युद्धविराममा पुग्न, कैदी आदानप्रदान सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न र गाजामा मानवीय सहायता प्रवेश गर्न अनुमति दिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । मन्त्रालयको एक विज्ञप्तिअनुसार उहाँले अम्मानमा हंगेरीका विदेश तथा व्यापार मन्त्री पिटर सिज्जार्तोसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो । सफादी र सिज्जार्तोले जोर्डन र हंगेरीबीचको मित्रता बढाउने, द्विपक्षीय सहयोग विकास गर्ने र युरोपेली संघसँगको रणनीतिक साझेदारीको ढाँचा भित्र सम्बन्धलाई सुदृढ पार्ने तरिकाहरूबारे छलफल गर्नुभएको छ । दुई मन्त्रीहरूले सिरिया र लेबनानको अवस्थाबारे पनि छलफल गर्नुभयो ।  दुवै देशको स्थिरतालाई समर्थन गर्ने आवश्यकतामा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images