पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठूलो टेवा पुग्ने बताउनुभएको छ । शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको बताउनु भयो ।