कायममुकाय गभर्नर निलम ढुङ्गानाले अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार हुँदै गएको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिक उत्सवको अवसरमा आईतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुद्रास्फीतिमा सुधार आएको, कुल विदेशी संचिति समेत पर्याप्त रहेको, निजी क्षेत्रको कर्जा विस्तार प्रभावकारी बन्दै गएको बताउनुभएको हो । बैंक तथा वित्तीय संस्थाहरुमा गैर सम्पती बढ्दै गएपनि बैंकहरु कर्जा प्रवाह बढेको बताउँदै उहाँले लगानीलाई वातावरणमैत्री बनाउन नियामकीय सहुलियत दिइएको बताउनु भयो । उहाँले भुक्तानी प्रणालीको सुरक्षाका राष्ट्र बैंकले काम गरेको, वित्तीय साक्षरतासम्बन्धि कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढाइएको बताउनु भयो ।