श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ज्यालासम्बन्धी ज्ञानको अभावमा श्रमिकहरु देशभित्रै शोषित हुनुपरेको बताउनुभएको छ । अखिल नेपाल टे«ड युनियन महासंघद्वारा सोमवार काठमाडौंमा आयोजित ‘पूर्ण कार्यान्वयन श्रम अधिकार, सुमधुर औद्योगिक वातावरणको पहिलो आधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले रोजगारदाताहरुले न्युनतम ज्यालासम्बन्धी सरकारले तोकेको मापदण्ड कार्यान्वयन नगर्दा अनुचित सम्झौता गरेर श्रमिकहरु काम गरिरहेको बताउनु भयो ।