भन्सारसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण बनेको विधेयकले नेपालको भन्सार प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन आधार प्रदान गर्ने सांसदहरुले विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागि हुँदै उनीहरुले विधेयकले भन्सारका जोखिमहरुलाई कम गर्दै व्यापार सहजिकरण गर्ने विश्वास व्यक्त गरे । भन्सार कार्यालयहरुमा एजेन्टहरुलाई भौतिक रुपमै काम गर्ने वातावरण बनाउनसके भन्सार चुहावट कम हुनसक्ने उनीहरुको मत छ । छ