पोखरा विमानस्थल निर्माणमा १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको भन्दै राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदन संशयपूर्ण देखिएको छ । नीतिगत निर्णय गरेर भ्रष्टाचार गरेका राजनीतिज्ञलाई उन्मुक्ति दिएर ल्याइएको प्रतिवेदनमा पर्याप्त अध्ययन बिनै ल्याइएका कारण थप संशयपूर्ण बनेको हो । उपसमितिका सदस्यहरु एमाले सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटा, एमालेकै तारा लामा तामाङले फरक राय व्यक्त गरेको प्रतिवेदनमा प्रतिशोध राखेरै अध्ययन बिनै ६ निष्कर्ष निकालिएको र कारबाहीको सिफारिस गरेको तथ्यहरुले देखाएका छन् ।