श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति रहेको उहाँको भनाइ छ । उहाँले भनसुन र आफ्नो मान्छे नभएकाहरु रोजगारी पाउने स्थिति नरहेकै कारण युवाहरुमा नैराश्यता बढीरहेको बताउनु भयो ।