मुख्यसचिव एकनारायण अर्यालले सरकारले श्रमिकको हितमा ध्यान दिनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले श्रमिकको हितमा ध्यान दिँदै उनीहरुलाई स्वदेशमै बस्न प्रेरित गर्नुपर्ने बताउनुभएको हो । आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ सरकारको ध्यान जान जरुरी रहेको उहाँको भनाइ छ । मुख्यसचिव अर्यालले आन्तरिक तथा वाह्य रोजगारीमा जाने श्रमिकहरुलाई दक्ष बनाएर श्रम बजारमा पठाउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।