जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रम शुरु

बैशाख १८, २०८२ बिहीबार
जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रम शुरु

जनकपुरधामस्थित जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रमहरू शुरु भएका छन् । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासकाअनुसार जानकी मन्दिरद्वारा आयोजित कार्यक्रममा आजदेखि हरेक दिन दिउँसो ४ बजे श्रीरामकथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ । जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलवार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीसम्म जानकीको शाही स्नान गरिनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images