विदेशबाट छोराछारीले जे निर्देशन गर्छन्, अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ

बैशाख १८, २०८२ बिहीबार
विदेशबाट छोराछारीले जे निर्देशन गर्छन्, अभिभावकले  त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले विदेशबाट छोराछोरीले दिएको सुझावअनुसार नै नेपालमा परिवारले मत दिन संस्कार विकास भएको बताउनुभएको छ । नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रिय कर्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विदेशबाट छोराछोरीले जुन पार्टीलाई मतदान गर्नु भन्यो त्यही पार्टीको चुनाव चिन्हमा बुबाआमाले मतदान गर्ने गरेको विगतमा भएको निर्वाचनले देखाएको बताउनु भयो । नेपालको कूल युवा जनसंख्याको २५ प्रतिशत अंश विदेशमा रहेकाले नेपाली काँग्रेसको जनसम्पर्क समितिले उनीहरुसँग सम्पर्क बढाउनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images