नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न प्रवासी नेपालीलाई आग्रह गर्नुभएको छ । नेपाली कँंग्रेसको जनसम्पर्क समितिद्वारा बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाली जनसम्पर्क समिति पहिलो पटक विपी कोईरालाले भारतमा स्थापना गरेको बताउनु भयो ।