गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का

बैशाख १८, २०८२ बिहीबार
गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा काँग्रेसले शाहसिक निर्णय लिएकोले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताउनुभएको छ । नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख गर्नुभएको हो । उहाँले विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले व्यवस्था गरेबमोजिमको नागरिकता ऐन ल्याइएको जानकारी दिँदै संसारभर रहेका नेपालीलाई साझा सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images