प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौति दिन खोजेको बताउनुभएको छ । १ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजावादीहरूले सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न र समाजलाई विकृत बनाउन खोजेको भन्दै त्यस्तालाई जवाफ दिनुपर्ने बताउनु भयो । उहाँले अराजक समूहहरूको चुनौतीलाई स्वीकार गरेर आफूहरूले जवाफ दिने समेत जिकिर गर्नुभयो ।