विभागीय टोली त्रिभूवन आर्मी क्लव र गण्डकी प्रदेश जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । ललितपुरको च्यासल फुटबल मैदानमा शनिवार भएको आर्मीले वागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो । आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान दुई गोल गरे । सुनिता नेगी र सीतामाया बलले समान एक गोल थपे । चार टोली सहभागी महिलातर्पm लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि दुई जित निकालेको छ ।