नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको बताउनुभएको हो । उहाँले गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध व्यक्ति, एनजिओ, आइएनजिओमा संलग्न व्यक्तिहरुको साथ रहेको दाबी गर्नुभयो ।