नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरुको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गर्नुभयो । उहाँले प्रतिगामी शक्तिहरुले पुनः चलखेल गर्नसक्ने भएकाले फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता हुनसक्ने बताउनु भयो ।