नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर आएको बताएको छ । शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकको निर्णय सुनाउँदै काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसको माग बमोजिम नै आएकाले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बताउनु भयो । उहाँले काँगेसले संसदमा नीति तथा कार्यक्रमको पक्षमा बोल्ने बताउनु भयो । काँग्रेसले नीति तथा कार्यक्रमका बारेमा सरकारलाई सकारात्मक र रचनात्मक सुझाव दिने पनि बताउनु भयो । नीति तथा कार्यक्रमको सम्बोधन गर्ने गरी बजेट निर्माण गर्न सरकारलाई सचेत गराइने निर्णय भएको बताउनु भयो ।