भारतको कुल निर्यात ६ प्रतिशत भन्दा बढीले बढेर आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा ८२४.९ अर्ब अमेरिकी डलरको उच्चतम बिन्दुमा पुगेको छ । वाणिज्य तथा उद्योग मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा देशको कुल निर्यातको आंकडा ७७८.१ अर्ब डलर रहेको बताएको छ । सेवा निर्यातले समग्र निर्यातको वृद्धि गतिलाई निरन्तर अगाडि बढाइरहेको छ । सेवा निर्यात ३८७.५ अर्ब डलरको ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ ।