संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले केआइआइटीमा अध्ययनरत छात्रा वीरगञ्जकी प्रिसा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो । छात्रा साहको निधनप्रति समितिले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।