नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले ट्यारिफ वारले विश्वव्यापी आर्थिक संकट आउने खतरा बढेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्सार व्यापारसम्बन्धी युद्धले खतरा बढेको बताउनु भयो । उहाँले पश्चिमा विश्व नै उदारीकरण÷नवउदारीकरण संरक्षणवादतर्फ केन्द्रित हुँदा नेपाल सरकार भने पछि फर्कन खोजेको आरोप लगाउनु भयो । उहाँले पश्चिमा विश्व आफ्नो बजार संरक्षणतर्फ गइरहेको समेत जिकिर गर्नुभयो ।