राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामथ्र्य स्पष्ट पारिदिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले काँग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता समेत मजाकजस्तो भएको टिप्पणी गर्नुभयो । सरकार दुई दलबीचको सम्झौताअनुसार अगाडि बढ्न नसक्दा सम्झौतापत्रमा लेखिएका बुँदाहरु मजाकजस्तो भएको बताउनु भएको हो ।