नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेनः सचिव पौडेल

बैशाख २३, २०८२ मंगलबार
नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेनः सचिव पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राष्ट्र निर्माणको लागि दृढ संकल्पका साथ नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि त्यस्तो आउन नसकेको बताउनुभएको छ । मंगलवारको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति कार्यक्रममा सार्वजनिक सेवा प्रवाह, आर्थिक गतिशिलता, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, विद्यार्थीका लागि पढ्दै कमाउँदै, नागरिक एप्स, इ.गभर्मेण्ट बोर्ड, अनलाइन कर प्रणाली, युवा केन्द्रित स्टार्टअप, साइबर सुरक्षा, डिजिटल नेपाल फ्रेमवर्क, तीन तहको सरकारको एकीकृत परियोजना बैंकिङ प्रणाली जस्ता विषयहरु राखेकोमा धन्यवाद दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images