पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित नेता नेपालको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलवार दिउँसो निधन भएको हो । उहाँ एमालेको तर्फबाट सूचना तथा सञ्चारमन्त्री समेत बन्नुभएको थियो । स्वास्थ्य समस्याका कारण पछिल्लो समय राजनीतिमा निष्क्रिय नेता नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो । अहिले नेता नेपाललाई अन्तिम श्रदाञ्जली दिन उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत केही नेताहरु नर्भिक अस्पताल पुगेका छन् ।