भारत र पाकिस्तानको युद्धका बीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गल्ती नगर्न आग्रह गर्नुभएको छ । सैन्य समाधान कुनै समाधान नभएको उहाँको भनाइ छ । उहाँले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्र शान्ति स्थापनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । अहिले सम्बन्ध बिग्रिएको देख्दा पीडा महशुस भएको उहाँको भनाइ छ ।