यमनको साना अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायलको हवाई आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ । आक्रमणबाट एउटा यात्रुवाहक विमानसहित महत्वपूर्ण पूर्वाधार ध्वस्त भएको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूका अनुसार दिउँसो यमनको राजधानी र नजिकैको अमरान प्रान्तमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने कम्तिमा ३९ जना घाइते भएका छन् । उत्तरी यमनको धेरैजसो भाग नियन्त्रण गर्ने हुथीहरूले गाजामा युद्धको बीचमा प्यालेस्टिनीहरूसँगको ऐक्यवद्धतालाई उद्धृत गर्दै नोभेम्बर २०२३ देखि इजरायलतर्फ ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेका छन् ।