सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबाट निजी क्षेत्र उत्साहित देखिएको छ । खासगरी विकासको मेरुदण्डका रुपमा रहेको निर्माण क्षेत्रले लामो समयदेखि आफूहरुले उठाएका मुद्दाहरु प्राथमिकता पारेको भन्दै नीति तथा कार्यक्रममा आएका विषयहरुलाई अब बजेटमार्फत कार्यान्वयनमा लैजानुपर्ने बताएको छ । नेपाल निर्माण व्यवसायी महासंघ एशोसिएट उपाध्यक्ष मुकेश पन्त पूरा हुन नसक्ने निर्माणका कार्यहरुलाई फरफारक नीति सकारात्मक रहेको बताउनु भयो । उहाँकाअनुसार नीति तथा कार्यक्रमहरुमा आएका केही विषयहरु देशको पूर्वाधार निर्माणका लागि पूर्ण भने छैनन् ।