नेपाली काँग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली (एनआरएन) लाई संविधानअनुसारको अधिकार दिलाउने र नेपालमा लगानी गर्ने कानुनी सुविधा सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपालीहरूलाई नेपालको विकासमा साझेदारको रूपमा हेर्नुपर्ने उल्लेख गर्दै उनीहरूलाई नेपाली नागरिक सरह व्यवहार गर्नुपर्ने बताउनु भयो । उहाँले गैरआवासीय नेपाली नागरिकताको विषयमा कानूनी र कार्यान्वयन पक्षमा स्पष्टता नहुँदा लाखौं प्रवासी नेपालीले लगानी गर्ने अवसर गुमाइरहेको बताउनु भयो ।