नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा अनियमितता, बेथिति र कुशासन व्याप्त रहेको बताउँदै उहाँले एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताउनु भयो ।