प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरु रहेको भन्दै अहिलेको मिडियाले तल्लो स्तरको भाष प्रयोग गर्ने गरेको आरोप लगाउनु भयो । नेपाली भाषा विश्वकै धनी भाषा भएको उहाँको भनाइ छ । उहाँले अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउनु आग्रह गर्नुभयो । उहाँले नेपाली संस्कार र संस्कृति अनुसार सम्मानको भाषा बोल्ने नहुने भन्दै हजुरबुबा र नातीका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताउनु भयो ।