गृहमन्त्री लेखकको चेतावनीः संविधान र व्यवस्था विरोधी कुनैपनि गतिविधि सह्य हुने छैनन्

बैशाख २५, २०८२ बिहीबार
गृहमन्त्री लेखकको चेतावनीः संविधान र व्यवस्था विरोधी कुनैपनि गतिविधि सह्य हुने छैनन्

गृहमन्त्री रमेश लेखकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा हुने कुनैपनि गतिविधि सह्य नहुने चेतावनी दिनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो चेतावनी दिनुभएको हो । संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनी दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभति दिलाउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ । उहाँले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई विध्वंसात्मक घटनाको संज्ञा दिँदै सो सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images