बजेट प्रश्तुत गर्ने समयमा गभर्नर नियुक्तिमा ढिलाई हुँदा नकारात्मक असर पर्छः रामहरि खतिवडा

बैशाख २५, २०८२ बिहीबार
बजेट प्रश्तुत गर्ने समयमा गभर्नर नियुक्तिमा ढिलाई हुँदा नकारात्मक असर पर्छः रामहरि खतिवडा

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले बजेट प्रश्तुत गर्ने समयमा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त नहुनुले सरकारमाथि नकारात्मक असर पर्नसक्ने बताउनुभएको छ ।  बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निमित्त गभर्नरले समस्या खडा गरेको देखिएको बताउनु भयो । उहाँले कसैको लहडका भरमा गभर्नर नियुुक्तिमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । उहाँले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा गभर्नर नियुक्तिमा ढिलाई हुँदा समग्र अर्थतन्त्रमा समस्या उत्पन्न हुनसक्ने बताउनु भयो । अर्थतन्त्रलाई कमजोर हुन नदिन सरकारले तत्काल गभर्नर नियुक्ति गनुपर्ने उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images