अख्तियार दुरुपयोग अनुसन्धानसँग सम्बन्धित विधेयक विचाराधीन छः प्रमुख सचेतक बर्तौला

बैशाख २५, २०८२ बिहीबार
अख्तियार दुरुपयोग अनुसन्धानसँग सम्बन्धित विधेयक विचाराधीन छः प्रमुख सचेतक बर्तौला

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अख्तियार दुरुपयोग अनुसन्धानसँग सम्बन्धित विधेयक संसदमा विचाराधीन अवस्थामा रहेको बताउनुभएको छ । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयमा पनि अनुसन्धान गर्न पाउनुपर्ने लगायतका प्रावधानहरु रहेकाले विधेयक छलफलमा रहेको जानकारी दिनुभयो । सरकारले कतिपय प्रचलित कानूनहरुमा समयानुकुल परिवर्तन गर्नुपर्ने अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धानसँग सम्बन्धित विधेयकपनि संशोधन ऐनमार्फत संसदमा दर्ता भएको उहाँको भनाइ थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images