टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र भ्रमणमा रहेका इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले बिहीवार अंकारामा क्षेत्रीय यातायात परियोजना, विकास सडकको कार्यान्वयनका लागि संयुक्त रूपमा जोड दिने प्रतिवद्धता गर्नुभएको छ । विकास सडक परियोजनाले इराक र सम्पूर्ण क्षेत्र दुवैको स्थिरता र समृद्धिमा ठूलो योगदान पु¥याउने दुई देशको विश्वास छ । बैठकको क्रममा परियोजनाको द्रुत कार्यान्वयनका लागि चरणहरूबारे छलफल भएको एर्दोगानले बताउनु भयो । एर्दोगानले अल–सुदानीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभयो । टर्कीले इराकसँग बिजुली, प्राकृतिक ग्यास र ऊर्जामा द्विपक्षीय सहयोग पनि विस्तार गर्ने बताउनु भयो ।