चिनियाँ स्वास्थ्य टोलीद्वारा म्यानमारमा भूकम्पपछिको रोग रोकथाम कार्य जारी

बैशाख २७, २०८२ शनिबार
चिनियाँ स्वास्थ्य टोलीद्वारा म्यानमारमा भूकम्पपछिको रोग रोकथाम कार्य जारी

म्यानमार गएको चिनियाँ सरकारको स्वास्थ्य तथा महामारी रोकथाम टोलीले मन्डलेको भूकम्प प्रभावित क्षेत्रहरूमा आफ्नो काम जारी राखेको छ । टोलीले भूकम्प पीडितहरूका लागि धेरै बस्तीहरूको भ्रमण गरेको छ । पानीको नमूना सङ्कलन र परीक्षण, लामखुट्टेबाट सर्ने रोग अनुगमन, वातावरणीय सरसफाइ, खोप निर्देशन, विपद्पछिको मनोवैज्ञानिक सहयोग, म्यानमारका जनस्वास्थ्य पेशेवरहरूसँग आदानप्रदान र प्रयोगशाला सीप तालिम जस्ता गतिविधिहरू सञ्चालन गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images