नेपालको खेल क्षेत्रले जति सफलता र सनसनीपूर्ण अन्तर्राष्ट्रिय नतिजाले चर्चा पाउँछ त्यो भन्दा बढी त्यसभित्र रहेका विवाद र खराब राजनीतिले घेरिने गर्दछ । राजनीति पार्टीहरूले खेल संघहरुलाई स्वार्थका लागि प्रयोग गरिरहँदा नेपालको खेलकुद क्षेत्रमा विवाद झनै बढ्दै गइरहेको अवस्था छ । त्यस किसिमको विवाद र सदैव द्वन्द्व सिर्जना हुने खेल संघ हो । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) । स्थापनाको सात दशक पार गरिसकेको एन्फामा सदैव आन्तरिक कलहमा परिरहँदा नेपालको फुटबल त्यति राम्रो विकास हुन सकिरहेको छैन ।