उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेसले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारका कामहरुलाई राष्ट्रहितका लागि सही मार्गदर्शन गर्नुपर्ने बताउनु भयो । उहाँले वर्तमान समयमा जलवायु परिवर्तनको समस्या गम्भीर संकटको विषय भएकाले यसको न्युनिकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।