नेपालमा राजनीतिक र शासकीय स्वरुप परिवर्तनसँगै नेपालको वन व्यवस्थापनको नीति पनि विकसित हुँदै आएको छ । वन तथा भूसंरक्षण विभागको तत्थ्याङ्कअनुसार नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्रफल वन क्षेत्रले ढाकिएको छ । जैविक विविधताको भण्डार वन क्षेत्र नेपालको महत्वपूर्ण प्राकृतिक सम्पदा हो । नेपालको संविधान २०७२ ले वन क्षेत्रको संरक्षण, विकास र व्यवस्थापनका लाग संघ, प्रदेश र स्थानीय सरकारको भूमिका उल्लेख गरेको छ ।