कृषि मन्त्रालयकाअनुसार अप्रिल २७ सम्मको हप्तामा जापानको प्रति ५ किलो चामलको मूल्य ४ हजार २ सय ३३ येन (लगभग ३० अमेरिकी डलर) को रेकर्डमा पुगेको छ । जुन लगातार १७ औं हप्ताको लागि उच्चतम स्तरमा पुगेको हो । एक वर्ष अघिको भन्दा दोब्बर भन्दा बढी रहेको छ । अप्रिल २१ र २७ को बीचमा देशभरका लगभग १ हजार सुपरमार्केटहरूमा बेचिएको ५ किलो चामलको औसत मूल्य अघिल्लो हप्ताको तुलनामा १३ येनले बढेको छ ।