चीनद्वारा नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह प्रक्षेपण

बैशाख ३०, २०८२ मंगलबार
चीनद्वारा नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह प्रक्षेपण

चीनले मंगलवार दक्षिणपश्चिम सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह पठाएको छ । लङ मार्च–३सी रकेटबाट बिहान २ः०९ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको उपग्रह आफ्नो योजनावद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ । उपग्रह मुख्यतया बहु–ब्यान्ड र उच्च–गति सञ्चार प्रविधि प्रमाणीकरण परीक्षणहरू गर्न प्रयोग गरिनेछ । केन्द्रकाअनुसार प्रक्षेपण लङ मार्च वाहक रकेट श्रृङ्खलाको ५ सय ७५ औं मिसन थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images